Techie IT
Hetauda Khabar

मकवानपुर १ मा ३८ हजार ५ सय मतगणना हुँदा लौरोको मत ९७


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ३८ हजार ५०५ मत गणना हुँदा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हमा ९७ मत खसेको छ । सो पार्टीबाट मकवानपुरमा दिपेन्द्रचन्द ठकुरी उम्मेदवार छन् ।

त्यस्तै मौलिक जरोकिलो पार्टीको किबोर्डसहितको कम्प्यूटर चिन्हमा ३ मत परेको छ । सो पार्टीबाट संगीन श्रेष्ठ उम्मेदवार छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का कृष्णप्रसाद दाहालले ५६४ मत ल्याएका छन् भने मंगोल नेशनल पार्टीका युवराज लामाले १४३ मत पाएका छन् । सो क्षेत्रबाट हालसम्म सबैभन्दा बढी मत सत्तारुढ गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार २०९ मत पाएकी छिन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट