Techie IT
Hetauda Khabar

पछिल्लो अपडेट- डिनाको अग्रता कायमै, हलोको बढ्न थाल्यो मत


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को हालसम्म ३७ हजार ८४ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले सबैभन्दा बढी मत पाएकी छिन् ।

डिनाले १३ हजार ३६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नोपलका अध्यक्ष कमल थापाले १० हजार ६८१ मत पाएका छन् । डिना, थापाभन्दा २ हजार ६७९ मतले अगाडि छिन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ४०३ मत पाएका छन् । हेटौंडा उपमहानगरपालिकाका वडाहरुको मतगणना सुरु भएसँगै सिंहको मत बढिरहेको छ ।

सो क्षेत्रमा १ हजार ७३२ मत बदर भएको छ । मतगणना जारी रहेको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट