Techie IT
Hetauda Khabar

महेश बर्तौलालाई भेटाउन विरोधलाई सकस


मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

बर्तौला बुधबार बिहानसम्म लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा २ हजार २४५ मतले अघि छन् ।

हालसम्म ३९ हजार ४११ मत गणना हुँदा बर्तौलाले १५ हजार ९०२ मत प्राप्त गर्दा गठबन्धनका खतिवडाले १३ हजार ६ सय ५७ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७७९ मत पाएका छन् भने १ हजार ८७९ मत बदर भएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट