Techie IT
Hetauda Khabar

मदिरासहित गाडी आयात प्रतिबन्ध थप लम्बियो


सरकारले विदेशी ब्राण्डका महँगा रक्सी (मदिरा) सहित चार प्रकारका वस्तु आयातको प्रतिबन्ध थप लम्ब्याउने भएको छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक निर्णय गर्दै विदेशी मदिरा, महँगा गाडी (कार, जिप, भ्यान), १५० सिसी इन्जिन क्षमतामाथिका मोटरसाइकल र महँगा मोबाइल आयातको प्रतिबन्ध आगामी मङ्सिर २९ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार २ सय डलरभन्दा बढी मूल्यका सेल फोन (मोबाइल सेटको आयातमा समेत कडाइ जारी राख्ने भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयले अझैपनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउन नसकेको र दबाब कायमै रहिरहेको भन्ने सुझावका आधारमा विभागले अत्यावश्यक बाहेक अतिरिक्त वस्तुको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो ।


क्याटेगोरी : अर्थबाणिज्य, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट