Techie IT
Hetauda Khabar

मकवानपुर २ ‘क’ मा विष्णु ढकाल र कुमारी एक मतले अघि पछि


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले विच रोचक प्रतिष्पर्धा चलेको छ ।

गठबन्धनकी कुमारी मोक्तान र एमालेका विष्णुप्रसाद ढकाल १ मतले अघि पछि छन् ।

हालसम्म १७ हजार ०४८ मतगणना भएको छ । जसमा मोक्तानले ७ हजार ४५५ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका ढकालले ७ हजार ४५६ मत पाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले १ हजार १३४ मत पाउँदा ५७४ मत भने बदर भएको छ ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट