Techie IT
Hetauda Khabar

फुटवेयर निर्यात गर्ने कम्पनीले ८ प्रतिशत निर्यात अनुदान पाउने


क्लिंकर, सिमेन्ट, स्टील लगायत फुटवेयर वस्तुको उत्पादन गरी निर्यात गर्ने कम्पनीले ८ प्रतिशतसम्म निर्यात अनुदान पाउने भएका छन् ।

शुक्रबार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत उत्पादनलाई प्रोत्साहन र आयात प्रतिस्थापन नीतिलाई अघि सार्दै सम्भावित निर्यातका वस्तुमा आकर्षक अनुदानको व्यवस्था गर्ने घोषणा गरेको थियो ।

सोही व्यवस्था बमोजिम शुक्रबार सरकारले निर्यात अनुदान प्रदान गर्ने कार्यविधि संशोधन गर्दै ८ प्रतिशत निर्यात अनुदानको व्यवस्था गरेको हो ।


क्याटेगोरी : अर्थबाणिज्य, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट