Techie IT
Hetauda Khabar

मकवानपुर १ मा १५ हजार मतगणना हुँदा लौरोको मत ५० कट्न सकेन


मकवानपुरमा रहेको २ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ । गत ४ गते भएको निर्वाचनको मतगणना आउने क्रम जारी छ । हेटौंडा २ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना भैरहेको छ। मकवानपुर क्षेत्र नम्बर १ मा हालसम्म १५ हजार १४९ मत गनिसकिएको छ ।

यति मत गन्दा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकि महालक्ष्मी उपाध्याय डिनाले अग्रता सुरुवातदेखि नै छ । त्यस्तै उनलाई एमालेका उम्मेदवार कमल थापाले पछ्याइरहेका छन् ।

१५ हजार १४९ मतगणना हुँदा डिनाले ६९५२ मतका साथ शिर्षस्थानमा रहेकी छिन् भने थापाको ६९५२ मत आएको छ । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १८०९ मत ल्याएका छन् ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका काठमान्डौका बालेन साह र धरानका हर्क साम्पाङको नाम जोडेर मत माग्ने हाम्रो नेपाली पार्टीका उम्मेदवारको मत निकै कम आएको छ ।

मकवानपुर क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार दिपेन्द्र चन्द ठकुरीले हालसम्म जम्मा ५० मत कटाउन सकेका छैनन् । उनले हालसम्म ४४ मत प्राप्त गरेका छन् ।
उता प्रदेशसभा ‘ख’का उम्मेदवार किशोर अर्यालले भने ६६५ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट