Techie IT
Hetauda Khabar

मकवानपुरको बागमती गोल्डकप : उद्घाटन खेलमा बागमती क्लब सर्लाही र मच्छिन्द्र क्लब भिड्ने


हेटौंडा, १ फागुन । मकवानपुरको बागमती गाउँपालिकामा आजबाट छैटौ बागमती गोल्डकप फुटबल प्रतियोगिता भएको छ ।

बागमती गाउँपालिकाको फापरबारीस्थित जनता माबिको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ क्लब सर्लाही र ए डिभिजनको मच्छिन्द फुटबल क्लब काठमाडौं भिड्ने भएका छन् ।

प्रतियोगितामा सातवटा ए डिभिजन र तीनवटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा जावलाखेल युथ क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, नब जन जागृति क्लब सिमरा, एनआरटी फुटबल क्लब काठमाडौँ समूह ‘क’मा रहेका छन्।

यस्तै, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, आयोजक बागमती खेलकुद विकास समिति, एपीएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब समूह ‘ख’मा छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

बागमती गोल्ड कपको पहिलो उपाधि हरिहरपुरगढीले, दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लबले हात पारेको थियो ।

प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पारेको थियो । त्यस्तै पाचौं संस्करणको उपाधी भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले हात पारेको थियो ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट