Techie IT
Hetauda Khabar

इन्द्रसरोबरमा मोटरसाइकल सडकबाट ५०० मिटर तल खस्दा हेटौंडाका राजेन्द्रको मृत्यु


हेटौंडा, २९ माघ । काठमाडौबाट हेटौंडा तर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार ४ बजेर १५ मिनेटको समयमा हेटौडा-फाखेल-काठमाडौ सडकखण्डको ईन्द्रसरोबर गाउँपालिका-२ गोलढुंङगा,भर्याङडाडामा सडकबाट अन्दाजी ४५०/५०० मिटर तल मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौबाट हेटौडा तर्फ आउदै गरेको बा ९० प ३६०४ न।को मोटरसाइकल दुर्घटना हुँदा चालक हेटौडा उपमहानगरपालिक-६ चौघडा बस्ने अन्दाजी बर्ष ४५/५० को राजेन्द्र पिठाकोटीको मृत्यु भएको छ ।

दुर्घटनाबाट पिठाकोटीलाई अन्दाजी १५०/२०० मिटर तलबाट अड्किएको स्थानबाट नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरीले उद्धार गरिका थिए ।

तत्पश्चात उपचारको क्रममा हेटौडा अस्पतालमा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट