Techie IT
Hetauda Khabar

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


काठमाडौँ, २७ माघ । क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको हो ।

क्यानडाका लागि आरोन जोनसनले सर्बाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट