Techie IT
Hetauda Khabar

हेटौंडामा दुईदिने खेल पत्रकारिता तालिम सुरु


हेटौंडा, २४ माघ । हेटौंडामा विहीबारबाट दुईदिने खेल पत्रकारिता तालिम सुरु भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको सहयोग तथा खेलकुद पत्रकार मञ्च मकवानपुरको आयोजनामा तालिम सुरु भएको हो ।

तालिमको एन्फा केन्द्रीय सदस्य एवम् जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले उद्घाटन गरेका थिए ।

फुटबल खेलको नियम, प्राविधिक ज्ञान, समाचार लेखन गर्दा ध्यान दिनुपर्ने कुराहरु, फुटबलको सर्वव्यापी मान्यता लगायतका विषयमा दुई दिन प्रशिक्षण हुने उपाध्यक्ष विडारीले जानकारी दिए ।

तालिम शुक्रबारसम्म सञ्चालन हुनेछ । तालिममा मकवानपुरका ३५ जना पत्रकारको सहभागिता रहेको छ । पहिलो दिनको तालिमको सहजीकरण फुटवल खेलका विज्ञ सञ्जिव मिश्रले गरेका थिए ।

शुक्रबार रेडियो कान्तिपुरका सम्पादक पवन आचार्य र खेल पत्रकार प्रकाश तिमल्सिनाले फुटबल खेलको रिपोर्टिङको विषयमा सहजीकरण गर्नेछन् । नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुरका उपाध्यक्ष विडारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं लगायतको उपस्थिती थियो ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट