Techie IT
Hetauda Khabar

हेटौंडामा उदिम पन्तको ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक विमोचन


हेटौंडा,२४ माघ । हेटौंडामा आज प्रारम्भिक संस्कृत व्याकरण पुस्तकको विमोचन भएको छ ।

संस्कृत शिक्षक उदिम पन्तले तयार गरेको संस्कृत व्याकरण पुस्तकको वेदका विद्यावारिधि अग्निहोत्री डा।सीताराम खनालले साहित्य सङगम मकवानपुरको सभाहलमा एक कार्यक्रमकाबीच आज विमोचन गरेका हुन् ।

सो व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी प्रकाशन भएको लेखकको दाबी रहेको छ ।

पुस्तकको विमोचन गर्दै डा। खनालले वेदको मुख भनेकै व्याकरण भएकोले संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएकोमा लेखक र वितरकलाई बधाई दिएका छन् ।

विश्वका अधिकांश भाषाको जननी नै संस्कृत भाषा भएको भन्दै डा। खनालले संस्कृत अध्ययन र ज्ञान लिनु सबैका लागि जरुरी रहेको बताए । पछिल्ला दिनहरुमा देशमा संस्कृत भाषा मात्रै होईन संस्कृति, अनुशासन सबै हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

संस्कृतभाषाका अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राख्दै विमोचित पुस्तकमा संस्कृत शब्दको अर्थ नेपाली र अङ्ग्रेजीमा समेत रहेकाले सबैका लागि पठनीय भएको बताएका थिए ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको थियो । विमोचित व्याकरण पुस्तकको वितरक हेटौंडाको किताब घर रहेको छ ।


क्याटेगोरी : साहित्य, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट