Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप : आज एनआरटी र चर्च ब्वाइज भीड्दै


हेटौंडा । छैटौँ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत शनिबार आज न्युरोड फुटबल क्लब एनआरटी र चर्च ब्वाइज क्लबबीच खेल हुँदैछ ।

गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २७ हुनेछ ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट