Techie IT
Hetauda Khabar

हेटौंडामा स्थानीय तह सहिद स्मृति गोल्डकप : उद्घाटन खेलमा बागमती बिजयी


हेटौंडा । मकवानपुरको हेटौंडामा छैठौँ संस्करणको ‘स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

हेटौंडा–६ स्थित गौरीटार रङ्गशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।

उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
बागमतीले खेलको चौथो मिनेटमा राज भुसालको गोलबाट १–० को अग्रता लिएको थियो ।

खेलको २८ औँ मिनेटमा सिजन गौतमले गोल गर्दै पहिलो हाफमा बागमतीलाई २–० को अग्रता दिए ।

बागमतीको लागि भुसालले दोश्रो हाफको ६० औँ मिनेटमा ब्यक्तिगत दोश्रो गोल गर्दै ३–० को स्थितीमा पु¥याए ।

त्यस्तै पारोका लागि खेलको ८१ औँ मिनेटमा सिरुप दोर्जेले एक गोल फर्काए । बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

जितसंगै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित पारो प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याज बागमतीका लागि दुई गोल गरेका भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफि हात पारे ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २७ हुनेछ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट