Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
मंसिर २३, २०७६ १२:५५:०६
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
देश
  • Home
  • News
  • पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने
पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने
64x64
कार्तिक २४, २०७६ हेटौंडा खबर

 विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।

उनले भने, “वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यदि यसो नगरिए कारवाही भोग्नुपर्नेछ ।”

पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन्  ।

एक तथ्याङ्कअनुसार जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ । उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको प्रहरी नायव उपरीक्षक खत्रीले बताए ।

उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु प¥यो भनी बोलाए भने हामी जाँदैनौँ उल्टै सम्झाएर पठाइदिने अभियानमा लाग्छौ, ३० वर्षदेखि पुरोहित्याइँको काम गर्दै आएका भेरी नगरपालिका मटेला निवासी सत्यप्रसाद शर्माले भने, “प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ, हामीले मात्र इमान्दारिता देखायौँ भने पनि बालविवाह निकै घट्छ ।”

जिल्लाका १५ पुरोहितको सहभागिता रहेको सो प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

प्रहरीले जिल्लामा आमा समूह र स्कूले विद्यार्थीलाई बालविवाहविरुद्ध प्रशिक्षण दिइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी गराए । उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी र अभिभावकलाई तीन वर्षसम्म कैद र रू ३३ हजार जरिवानाको कानूनी व्यवस्था छ ।

जाजरकोटमा बालवविवाह न्यूनीकरणका लागि बहुआयमिक विकास मञ्चलगायत संस्थाहरुले काम गर्दैआए पनि ती सबै कार्यक्रम प्रभावहीन देखिएका थिए । ती संस्था सामाजिक रूपमा भन्दा राजनीतिक प्रभावमा काम गर्न थालेकाले प्रभावहीन भएको हो ।


प्रकाशित मिति: आइतवार, कार्तिक २४, २०७६, ०३:११:००
Loading...
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
देश
घट्यो सुनचाँदीको मुल्य
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
सुनचाँदीको मुल्य आज (सोमबार) पनि घटेको छ छ । पुरा पढ्नुहोस्
देश
कोहलपुरका विद्यालय एक दिन बन्द गरिने
64x64
मंसिर २३, २०७६ हेटौंडा खबर
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको र सो घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारीले विद्यालयका गाडीहरुमा समेत तोडफोड गरेको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ । पुरा पढ्नुहोस्
ताजा समाचार
हेटौंडाको क्याम्पाडाडा नजिक दुर्घटना, ६ जना घाइते मंसिर २३, २०७६ 228
साग खेलकुद– आज ( सोमबार) हुँदैछ १३ खेलमा प्रतिस्पर्धा
 खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
विद्युतको पोलमा कार ठोक्किदा ग्लोबल आईएमई बैङ्कका शाखा प्रमुखको ज्यान गयो
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
चितवनमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
घट्यो सुनचाँदीको मुल्य
कोहलपुरका विद्यालय एक दिन बन्द गरिने
आज ( सोमबार ) मन्त्रिपरिषद् बैठक बस्दै
विचार–ब्लग
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था हेटौंडा खबर
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती... हेटौंडा खबर
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं हेटौंडा खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ मंसिर २२, २०७६
नयाँ लुक्समा यस्ता देखिए अभिनेता आमिर खान मंसिर २२, २०७६
बलिउड अभिनेत्री आलियाको ८० हजार भारुको ड्रेस मंसिर २१, २०७६
अनौठो संसार
'बक्सर' को रुपमा ट्रम्पको नयाँ अवतार !
कुकुरले बचायो आफ्नो मालिकको ज्यान ।
सरकारी जागिरका लागि दिनरात पढेको पढ्यै भएपछि पत्नीले घर छाडेर माइत हिँडीन्
यी बच्चाको यस्तो फोटोले गर्दा विश्व नै डराउदै
सम्पर्क

'रेशम मिडिया नेटवर्क प्रा.लि'द्वारा संचालित हेटौंडाखबर डटकम (www.hetaudakhabar.com)

हेटौंडा ५, मकवानपुर
9851169037
hetaudakhabar.com@gmail.com, newshetaudakhabar@gmail.com

प्रकाशक : रबिन्द्र गौतम
सम्पादक : मोहन श्रेष्ठ
कम्पनी दर्ता : १५६९५५/०७३/०७४
प्रेस काउन्सिल दर्ता : ८६८
सूचना बिभाग दर्ता नं : ८७२
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी चर्चा
  • अन्य
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Hetauda Khabar - 2019 All rights reserved.
Web Design by : SoftNEP