Techie IT
Hetauda Khabar

हेटौंडा बस दुर्घटना अपडेट : बस पल्टिदा १० जना घाइते


हेटौंडा । फुर्केचौरबाट हेटौंडा तर्फ आइरहेको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित पुतलीबजारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बुधबार बिहान मदनभन्डारी राजमार्ग अन्तरगतको फुर्केचौर हेटौंडा खण्डको पुतलीबजारमा १५ जना सवार ना ३ ख ५३०३ नम्बरको यात्रुवाहक बस नालिबाट तल पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । ट्रकलाई साइड दिने क्रममा बस सडकबाट पल्टिन पुगेको हो ।

दुर्घटनाबाट घाइते भएकाहरुमा ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको सन्चो अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको हो ।

यस्तो छ घाइतेको विवरण

१) मकवानपुर हेटौडा उपमहानगरपालिका-१७ हटिया बस्ने बर्ष अन्दाजी २५ की पुष्पा डंगोल – ओठ र बाँया पातामा भित्री चोट, अबस्था सामान्य
२) सोही ठाउँ बस्ने बर्ष अं. २१ की रुपा डंगोल – अवस्था सामान्य
३) हेटौंडा १८ बस्ने बर्ष अं. ४५ की महिला (नाम स्पष्ट बताउन नसक्ने) -अवस्था सामान्य
४) सोही ठाउँ बस्ने बर्ष अं. ७० को पुरुष (नाम स्पष्ट बताउन नसक्ने) -अवस्था सामान्य
५) हेटौंडा १७ बस्ने बर्ष अं. ५१ को शंकर राई – अवस्था सामान्य
६)) सोही ठाउँ बस्ने बर्ष अं. ५५ की आशा राई – अवस्था सामान्य
७) जिल्ला पर्सा बिरगंज घर भई हेटौंड १६ बस्ने बर्ष अं. २२ की सिमा साह – निधारमा बाहिरी चोट सामान्य
सन्चो हस्पिटलमा उपचार भई रहेकोमा
८) मकवानपुर गढी गाउँपालिका-७ बस्ने बर्ष अं.५६ की माहिली माया थीङ – खुट्टामा चोट, सामान्य
९) सोही ठाउँ बस्ने बर्ष अं. ४६ को कुमार सिं गोले – टाउकोमा चोट, सामान्य
१०) १८ हर्नामाडी बस्ने बर्ष अं. ३६ को सोम लाल थिङ – टाउकोमा चोट, अवस्था सामान्य


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट