Techie IT
Hetauda Khabar

हेटौंडामा विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने


हेटौंडामा विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

माघ २० गतेदेखि हेटौंडामा दोश्रो स्व. निरज श्रेष्ठ स्मृति विद्यालय स्तरिय टि-२० क्रिकेट प्रतियोगिता गरिने मकवानपुर क्रिकेट संघले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । हेटौंडा-४ हुप्राचौरमा हुने खेलमा जिल्लाका निजी तथा सामुदायीक  विद्यालयबाट १६ विद्यालयलाई सहभागि गराउने कार्यक्रम संयोजक संजोग पोखरेलले बताए ।

प्रतियोगिताको प्रथम र द्वितिय हुने टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ भने उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिजलाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याच लाई ट्रफि र प्रमाण पत्र प्रदान गरिने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनौट गरि अण्डर १६ जिल्ला टिम को निर्माण गरि प्रशिक्षण गराउनेसमेत आयोजकले जनाएको छ । ११ दिन सम्म चल्ने प्रतियोगितामा २७ खेल रहनेछ ।

प्रतियोगिताका लागि अनुमानित ५ लाख ५० हजार खर्छ लाग्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट