Techie IT
Hetauda Khabar

आइतवार किन हेटौंडा आउदै छन् पूर्वराजा ज्ञानेन्द्र शाह ?


हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार मकवानपुरको हेटौंडा आउने भएका छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउने भएका हुन् ।

रिपोर्टस क्लब मकवानपुरको समन्वयमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजाको भ्रमण तालिकाको जानकारी दिइएको हो ।

पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले माघ ७ गते हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए ।

पूर्वराजा हेटौंडा आउने भएपछी राप्रपा मकवानपुरले निकै तामझाम साथ तयारी थालेको छ । जम्मो टोलिसहितको मुल समारोह समितिनै बनाएर राप्रपाले शाह आउने दिनका लागि तयारी गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट