Techie IT
Hetauda Khabar

हेर्नुहोस तपाईको आजको राशिफल


मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले काम बन्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने विश्वासको अभाव हुनेछ।

वृष : दैनिकी सामान्य राम्रो छ। रमाइला कामले दिन सहजै बित्नेछ। दुर्घटनाको जोखिम रहेकाले सवारी साधनमा यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। आम्दानी हुनेछ। आफ्नो श्रमको मूल्य पाइने छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खुशी छाउने छ।

कर्कट : दिन सामान्य छ। हरेक काममा विरोध र बाधा आइपुग्छन्। तनावपूर्ण दिन भए पनि शिवलाई स्मरण गर्नाले दिन सहज हुनेछ। परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

कन्या : दैनिकी सामान्य छ। आम्दानी भन्दा बढी खर्च हुनेछ। यात्रा जोखिमपूर्ण हुनसक्छ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

तुला : समय राम्रो छ। हरेक क्षेत्र राम्रो भए पनि सन्तानले आरोप लगाउने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहने देखिन्छ।

वृश्चिक : समय सामान्य छ। हरेक क्षेत्रमा असहयोग हुने योग छ। परिवारको साथ र सहयोग हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र सबल छन्। शिक्षा क्षेत्रमा लगानी भएको भए राम्रो उन्नति हुने योग छ। परिवारको सहयोग मिल्नेछ।

मकर : दैनिकी राम्रो छ। हरेक क्षेत्र सबल छन्। दिन रमाइलोसँग बित्नेछ। अचानक आउने नराम्रो खबरले मन दु :खी हुनसक्छ। परिवारको साथ र सहयोग प्राप्त हनेछ।

कुम्भ : दिन राम्रो छ। तीर्थ यात्रा गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। यात्रामा सफलता प्राप्त हुनेछ।

मीन : समय सामान्य छ। अचानक खर्च बढ्ने छ। सञ्चित धन जोगाउनुपर्ने देखिन्छ। परिवारबाट सहयोग हुनेछ। पेट सम्बन्धी रोगको प्रकोप बढ्नेछ।


क्याटेगोरी : स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट