Techie IT
Hetauda Khabar

मकवानपुरको भीमफेदी– ८ मा लटारम्बेश्वरमा स्थानीय र पर्यटकलाई सुबिधा, बत्ती र पानीको समस्या हट्यो


हेटौंडा । मकवानपुरको भीमफेदी– ८ मा लटारम्बेश्वरमा मन्दिरमा पछील्लो समयमा धेरै पर्यटकहरुको आवागमन बढेको छ । पहिले पर्यटकहरु आउने गरेको भएपनि पानी र बत्तिको असुबिधा भोग्दै आएका थिए । तर, अब यो सुबिधा पनि उनीहरुले पाउन थालेका छन् ।

वषौं देखियो यो सुबिधाबाट स्थानीयहरु हर्षित समेत भएका छन् । अहिले आइरहेका पर्यटकहरुले सहज रुपमा पानी र बत्तिको सुबिधा उपभोग गर्न पाएका छन् ।

लटारम्बेश्वर मन्दिरमा बाटोको सुबिधा पहिलेनै थियो । अहिले थप व्यवस्थित रुपमा बाटो पनि निर्माण गरिएको छ । यस मन्दिरमा मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका क्षेत्रका पर्यटक धेरै आउने गरेका छन् । बत्ती र खानेपानी पुर्याउने काम भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको विशेष पहल पुरा भएको छ।

उक्त लटारम्बेश्वर मन्दिरमा खानेपानी र बत्तिको सुविधा पुगेको सहज रुपमा पुगेको अध्यक्ष लामा बताउनुहुन्छ । गाउँ पालिका अध्यक्ष हिदम लामा लटारम्बेश्वर मन्दिर पुगेर खानेपानी र बत्तिको उद्घाटन समेत गर्नु भएको छ ।

वषौ देखि यो योजना निर्माण सक्ने भनेर लाग्नु भएका अध्यक्ष लामा भन्नुहुन्छ–‘भीमफीदी गाँउपालिकाको एउटा ड्रिम प्रोजेक्ट सफल भएको छ । लाखौ धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा स्थापित चर्चित लटारम्बेस्वर महादेव मन्दिर क्षेत्रमा विजुली र डबल लिफ्टीङ माध्यम द्वारा पिउने शुद्द खानेपानी पुर्याउन सफल भएको छ ।’

खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तीर्थालु भक्तजनहरुलाई समस्या हुने गरेकोमा अब भने उक्त समस्याको समाधान भएको छ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकामा अवस्थित चर्चित लटारम्बेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष माघे सङ्ग्रातिमा लाग्ने मेला यस वर्ष पनि धुमधामका साथ मेला लागेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ को महादेवटारको माथि डब्लु डाँडामा रहेको लटारम्बेश्वर मन्दिरमा नयाँ वर्ष अर्थात बैशाख १ गते र माघ १ गते मेला लाग्ने गर्छ । मेला भर्न मकवानपुरको हेटौंडा, बारा, काठमाडौं, ललितपुर र भक्तपुर लगायत अन्य ठाउँबाट पनि दर्शनार्थीहरू आउने गरेका छन् ।

लटारम्बेश्वर मन्दिर आउन काठमाडौंबाट टिकाभैरव छपेलि बगुवा महादेवटार हुँदै जान सकिन्छ भने मकवानपुरको हेटौंडा बाट कान्तिराजपथको बाटो ठिङ्गन हुँदै पनि महादेवटारबाट जान सकिन्छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट