Techie IT
Hetauda Khabar

नेपाल आइडलको अडिसन हेटौंडामा हुँदै


हेटौंडा । नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन माघ २ गते हेटौंडामा हुँदैछ ।

हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको आयोजकले बताएको छ ।

२१ पुसदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसन हेटौंडामा हुने भएपछि यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म हो ।

नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट