Techie IT
Hetauda Khabar

आज पनि घट्यो सुनको मुल्य,कति पुग्यो तोलामा ?


आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार छ । यता, चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ४२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट