Techie IT
Hetauda Khabar

शेयर बजार २० अङ्कभन्दा धेरैले बढ्यो, ११ वटा कम्पनीको शेयरमा सकारात्मक ‘सर्किट’


शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अङ्कले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।

आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ । समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।

बजारसँगै आज कारोबार रकम र सङ्ख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राकाे आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।

आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट