Techie IT
Hetauda Khabar

आजको मौसमः तराईमा हुस्स र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मुलुकका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट