Techie IT
Hetauda Khabar

कोशीमा सभामुखका लागि आज निर्वाचन हुँदै, राप्रपाका विष्ट सभामुख बन्ने पक्का जस्तै


हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एस र जसपासहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्।

मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्।

मंगलबार बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैंले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो।

विष्ट झापाका समानुपातिक सांसद हुन्। यसअघि बागमतीमा पनि राप्रपाबाटै गएका भुवनकुमार पाठक सभामुख छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट