Techie IT
Hetauda Khabar

बागमती प्रदेश सरकारको निर्णय : सुत्केरीको निशुल्क हवाइ उद्धारदेखि सांसदलाई हेयरिङ मेशिन खरिदसम्म


हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को आइतबारको बैठकले दश वटा निर्णय विभिन्न निर्णय गरेको छ । जसमा सत्तागठवन्धनका दलका एक जना सांसदले कान नसुनेको भन्दै मेसिन खरिद गर्नका लागि मन्त्रिपरिषद् बैठकमा एजेण्डानै लगेर निर्णय गरिएको छ ।

कान नसुन्ने समस्यालाई समाधान गर्न नेपाली कांग्रेसकी बागमती प्रदेशसभाका सदस्य गिता गुरुङको हेयरिङ मेशिन खरिद गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । दुइदेखि साढे दुइ लाख रुपैयाँ मुल्यसम्म पर्ने मेसिन प्रदेश सरकारले खरिद गरेर दिने गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बताए।

त्यस्तै प्रदेश सरकारले एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि दोस्रो संसोधन २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० र दुर्गम क्षेत्र चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०८० स्वीकृत गरिएको छ ।

त्यस्तै बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
आज साझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा काठमाडौंका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

जनचेतनामूलक प्रचार सामग्री निर्माण प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि-२०८०, द्वन्द्वपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० समेत स्वीकृत गरेको छ ।

एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८० स्वीकृत भएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट