Techie IT
Hetauda Khabar

जाडोमा स्वस्थ रहन यस्ता छन् प्राकृतिक उपाय


हामी अब मध्य जाडोमा प्रवेश गर्ने क्रममा छौं । यो जाडोमा आफूलाई स्वस्थ राख्न सबैले आवश्यक सावधानी अपनाउनु आवश्यक छ ।

जाडोमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र यसलाई बढाउनका लागि केहि प्राकृतिक विधी अपनाउन सकिन्छ । यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्छ । बाह्य जाडोबाट शरीरलाई बचाउँछ । रोगसँग लड्ने क्षमता बढाउँछ ।

यसरी नुहाउने

जाडोमा पनि नुहाउन त पर्छ नै । तर, नुहाउने विधीमा सुधार गरौं । जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ । त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

तातो तेलले मालिस

नुहाइसकेपछि शरीरको मालिस गरौं । आयुर्वेदमा प्रतिदिन आत्म(मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ । सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ । मसाजले रक्तसंचार पनि बढाउँछ । जाडोको लागि एकदमै उपयोगी कुरा हो ।

तातो खाना

जाडोमा खाइने खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो । किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ । मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणालीलाई एक तह माथि लैजान्छ ।

पर्याप्त निद्रा

आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो मानिएको छ । जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस ।

आयुर्वेदिक जडीबुटी

आफ्नो खानामा अश्वगन्धा, अमला, तुलसी, त्रिफला जस्ता जडिबुटीहरुलाई समावेश गर्नु लाभदायक हुन्छ । यी जडिबुटीलाई चियाका रुपमा पनि प्रयोग गर्न सकिन्छ । यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ जसले प्रतिरक्षा बढाउँछ ।

खानामा मसला

खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ । यसले रुँघा तथा फ्लुको समस्या रोक्छ ।

चिसो पेयबाट बच्नुस

डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ । यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गरौं ।


क्याटेगोरी : स्वास्थ्य-जिवनशैली

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट