Techie IT
Hetauda Khabar

२ अर्ब रकम नर्तिदा पनि हेटौंडाको शिवम् सिमेन्टको लाइन किन काटेन विद्युत प्राधिकरणले ?


हेटौंडा । नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केही महिना निजी घरको विजुलीको महशुल नदिर्दा लाइन कटौती गर्छ । तर शक्ति र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले एक सय प्रतिशत नै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बिल नतिर्ने चारवटा ठूला उद्योगको विद्युत लाइन काटेको छ। तर, हेटौँडाको शिवम् सिमेन्ट उद्योगको भने लाइन काटेको छैन।

हेटौंडा उपमहानगरपालिकाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई विद्युत महसुल वापतको २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी छ। यो रकम वषौँ अघिदेखि तिर्न बाँकी रहेको हो। तर, अहिलेसम्म पनि प्राधिकरणलाई उक्त रकम शिवम् ले बुझाएको छैन।

शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको डेलिकेटेड विद्युत् लाइनबापतको महसुल तिर्न बाँकी रहेको बताइएको छ । विसं २०७२ देखि २०७५ सम्मको डेडिकेटेड फिडर प्रयोग गरेको र त्यसको रकम नतिरेको प्राधिकरणले जनाएको छ ।

शिवम् सिमेन्टसहित जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टसमेत ३० वटा कम्पनीले गत असारसम्म २१ अर्ब ६ करोड रूपैयाँ बिजुली बिल बक्यौता राखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि प्राधिकरणले शुक्रबार चार ठूला उद्योगको लाइन काटे पनि शिवम् सिमेन्टको भने लाइन नकाटेको हो।

शिवम् ले उच्च अदालत हेटौंडा इजलासमा मुद्दा दायर गरी अन्तरिम आदेश पाएका कारण लाइन काट्न नसकिएको प्राधिकरणले जनाएको छ। अदालतको अन्तिम फैसला नआउँजेलसम्म शिबमको लाइन काट्न र बक्यौता रकम असुल उपर प्राधिकरणलाई कठिनाइ भएको छ।

लोडसेडिङका बेला उद्योगले चलाएको बिजुलीको बिल भन्दै अबौँ रुपैयाँको नयाँ बिल पठाएर लाइन काटिएको हो । प्राधिकरणलाई नाफा लैजाने उपायस्वरुप कुलमानले अबौँको फर्जी बिल काटेको भन्दै उद्योगीले विरोध जनाएका छन् ।

समयदेखि सो बिलको भुक्तानी नगरेका उनीहरूले बारम्बार आफूहरूले बिजुलीको बिल बालेको प्रमाण पेस गर्न प्राधिकरणसमक्ष माग गरिरहेको छन् ।

कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि ती बिद्युत् उद्योगले प्रयोग गरेको प्राधिकरणको दाबी छ । तर, उद्योगले बिजुली बालेको प्रमाण फेला पार्न नसकेपछि जबरजस्ती गर्दै बिल पठाएर तिर्न भनेको हो ।

यता आफूले प्रयोग नै नगरेको बिजुलीको बिल नतिर्दा आफ्ना उद्योगमा गरेको लाइन काट्न सुरु भएको उद्योगीहरूले गुनासो गरेका छन् ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट