Techie IT
Hetauda Khabar

शिवम् सिमेन्टले घोषणा गर्याे लाभांश, बुक क्लोज कहिले ?


शिवम् सिमेन्टले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा १४.२५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो । उक्त निर्णय सँगै कम्पनीले सेयरधनीलाई पहिलोपटक बोनस सेयर दिन लागेको हो ।

यसअघि प्रत्येक वर्ष नगद लाभांश दिँदै आएको कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६२ करोड ७० लाख रुपैयाँ थपिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ ।

कम्पनीको लाभांश घोषणापछि सेयर बजारमा उच्च मूल्य उतारचढाव देखिएको छ ।

यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने प्रयोजनका लागि पुस २७ गते ८ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै पुस १९ गते बुक क्लोजको मिति तोकिएको छ ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट