Techie IT
Hetauda Khabar

कमल थापाले भने- गठबन्धनको सरकार बनेपछि भष्ट्राचार गाउँदेखि सिंह दरबारसम्म फैलियो


नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार गाउँ देखि सिंह दरबार सम्म फैलिएको बताएका छन्  । बिहिवार हेटौंडा ९ मा भएको कार्यक्रममा बोल्दै उम्मेद्बार थापाले भ्रष्टाचार बढेका कारण देशको अवस्था कठिन र सङ्कटग्रस्त बन्दै गएको समेत बताए  । गठबन्धनले देशको अर्थतन्त्र अत्यन्तै कमजोर र संकटग्रस्त बनाउदै लगेको उनको भनाइ छ ।

अहिले गरिब र धनिबिच खाडल झन् ठुलो हुँदै गएको भन्दै थापाले बेरोजगारी समस्या बिकराल रुपमा फैलिएको बताए । थापाले भने, ‘यस्तै स्थिती बढ्दै गयो भने श्रीलंकाको जस्तो आर्थिक सङ्कट न आउला भन्न सकिन्न’ ।

अहिले केपी ओलीको स्वभिमानी सरकार कि बिदेशी शक्तिको सहयोगमा कठपुतली सरकार बनाउने भन्ने नै मुख्य एजेन्डा रहेको उनले बताए । थापाले सूर्य चिन्हबाट चुनाव लड्न पाउँदा खुसी लागेको समेत पुनः दोहोर्याए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #कमल थापा, #चुनाव, #निर्वाचन, #प्रतिनिधिसभा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट