Techie IT
Hetauda Khabar

आज विवाहपञ्चमी, सरकारले दियो सार्वजनिक बिदा


हेटौंडा । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा सीताराम विवाहपञ्चमी मनाइन्छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं दिनलाई मुख्य दिन मानिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

जन्तीका रुपमा आएका श्रद्धालु भक्तजनलाई मिष्ठान्न मिथिला भोजन गराई दक्षिणा दिएर बिदाइ गर्ने प्रचलन छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट