Techie IT
Hetauda Khabar

डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप-२८ मा स्वीकार


हेटौंडा । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप -२८)) मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् ।

संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे निकै चर्चा मात्र भएन यस मुद्दाले प्राथमिकतासमेत पायो । हिमाली मुलुक नेपालले खासगरी सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको कोप–१५ देखि नै जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यसयताका अधिकांश सम्मेलनमा नेपालले प्राथमिकताका साथ हिमालका मुद्दा उठाउँदै आएपनि यसबारेमा अपेक्षाकृत उपलव्धि भएको थिएन ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कोप–२८ को उद्घाटन समारोहमा नेपालको नाम नै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम तीव्ररुपमा बढेको उल्लेख गरेका थिए ।

उनले सम्मेलनको पूर्वसन्ध्यामा गत कात्तिकमा नेपालको भ्रमण गरी सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेका थिए । उनको यो भ्रमणले पनि नेपाललाई हिमालका मुद्दा उजागर गर्न सहज भएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट