Techie IT
Hetauda Khabar

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा हेटौंडाका १ जनाको मृत्यु


मकवानपुर, २७ असोज – मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

शुक्रबार साँझ ८ बजेर ५५ मिनेटको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०२-००८ प ४२४० नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी हेटौंडा-३ का २५ वर्षीय विकल सारु मगरको मृत्यु भएको छ भने मनहरी गाउँपालिका-९ का २४ वर्षीय प्रसान्त गिरी सामान्य घाइते भएका छन्। मृतकको शवलाई पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट