Techie IT
Hetauda Khabar

हेटौंडाको थानाभर्‍याङबाट दुई महिला पक्राउ


मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङबाट दुई महिलालाई १४ किलो ९०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ घर भएकी सर्लाही मलंगवा नगरपालिका वडा नं. ४ मा डेरा गरी बस्ने ३० वर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन्।

यी दुई महिला काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बसबाट पक्राउ परेका हुन्। उनीहरूले दुईवटा कालो झोला लिएर हेटौडा उपमहानगरपालिका वडा नं. १९ को नेवारपानीबाट उक्त बसमा चढेका थिए।

थानाभर्याङस्थित अस्थायी प्रहरी पोस्टको टोलीले चेकजाँच गर्दा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो। अहिले दुवै महिला प्रहरी नियन्त्रणमा रहेका छन्।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट