Techie IT
Hetauda Khabar

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने


एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले नेपालले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भइरहेको छ ।

समूह ‘ए’ मा रहेका भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।

नेपाल भने समूह चरणको दुबै खेलमा पराजित भएको थियो । नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट