Techie IT
Hetauda Khabar

बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीका एम्बुलेन्स चालक चरेससहित पक्राउ


धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन् ।आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन् ।

बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका– ३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई धनगढी–३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट