Techie IT
Hetauda Khabar

हेटौंडामा देखियो बाघ, सुरक्षित रहन आग्रह, भोलि नियन्त्रणमा लिईने


हेटौंडामा बाघ देखिएको छ ।

हेटौंडा उपमहानगरपालिका-१ स्थित भैरव डाडाको जंगलमा बाघ देखिएपछी स्थानीय त्रसित बनेका छन् । आइतबार बाघले स्थानीयको बाख्रा खाएको थियो । २ डमरु संग देखिएको बाघ आज एक्लै पुनः जंगलमा देखा परेको स्थानीयले बताएका छन् ।

बाघ देखिएपछी स्थानीयलाई सुरक्षित रहन आग्रह गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । देखिएको बाघलाई जिल्ला बन कार्यालयको सहकार्यमा भोलि नियन्त्रणमा लिन सकिने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट