Techie IT
Hetauda Khabar

इन्द्र बानियाँको आरोप- देश टुक्र्याउनेसंग मिलेर केपी ओलीले गणतन्त्र मास्न खोजे


नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर केपी ओलीले गठबन्धन गरेको बताएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान हेटौंडा-१९ बस्तीपुरमा भएको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता बानियाँले शान्ति प्रक्रिया, संविधान र ब्यवस्था बचाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको र ओलीले यो ब्यवस्थाको अन्त्य गर्न धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर गणतन्त्र मास्न खोजिरहेको आरोप लगाए ।

जनताको छोराछोरी राष्ट्रपति, उपराष्ट्रपति हुने यो ब्यवस्था जति अर्को व्यवस्था नभएको बताउँदै उनले विकास निर्माण र जनताको अवस्था परिवर्तन गर्न आफु सधै लागिपर्ने बताए । झण्डै दुईतिहाईको एमालेले देश र सातै प्रदेशको साँढे तीन वर्ष नेतृत्व गर्दा झुटा आश्वासन र सपनाबाहेक केही नबाँढेको बताए

उनले पछिल्लो १० महिना लकतान्त्रिक गठबन्धनले नेतृत्व गर्दा मकवानपुरको क्षेत्र नम्बर २ मा मात्रै सडक, पुल, खानेपानीलगायतमा अरबौंको बजेट हालेको दावी गरे ।

“यो गठबन्धनका नेता, नीति, नियत र जनताप्रतिको समर्पण हो, स्थानीय निकाय निर्वाचनमा भएका तिक्तता र नमिलेको मन मिलाउँदै गठबन्धनलाई जिताउन सम्पूर्ण गठबन्धनका नेता कार्यकर्ता लाग्न आग्रह गर्दछु, उनले भने ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट