Techie IT
Hetauda Khabar

हेटौंडा अस्पताल ५ सय शैया, बन्द उद्योग संचालन र निशुल्क शिक्षा प्रमुख प्राथमिकता हो- किशोर अर्याल


मकवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेश्सभा उम्मेदवार किशोर अर्यालले आफुले जिते हेटौंडामा शिक्षा स्वास्थ्य र रोजगारका लागी तत्काल काम सुरु गर्ने गरी अघि बढ्ने बताएका छन् ।

हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह ‘लौरो’  लिएर स्वतन्त्र रुपमा उठेका अर्यालले जनताले यसपाली राजनीतिक दललाई मत नदिने सोच बनाएको बताएका छन् । उनले स्वतन्त्र रुपमा उठेकाले आफुले जिते हेटौंडा अस्पताललाई ५ सय शैयाको अस्पताल बनाउने, यहाँका बन्द उद्योग जनताका लागी शेयर जारी गरेर संचालन गर्ने र हेटौंडामा पूर्णरुपमा अध्ययन गर्न सक्ने विद्यालयको स्थापना गर्ने बताएका छन् ।

उनले पटक-पटक भोट दिएर जिताएर पठाएका नेताले जनतालाई राहत हुने कुनै कम नगरेकाले यसपाली लौरोलाई जनताको साथ् मिल्ने दावी गरेका छन् । लौरो चुनाव चिन्ह लिएर प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर-१ मा दिपेन्द्र चन्द ठकुरी उम्मेदवार रहेका छन् भने १ क मा किशोर राना उम्मेदवार बनेका छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #आमनिर्वाचन, #किशोर अर्याल, #लौरो

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट