Techie IT
Hetauda Khabar

विकास गर्न नसके राजीनामा दिन्छु, मत दिनुस् : राजन मैनाली


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका वरिष्ठ नेता तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजन मैनालीले आफुलाई जनताले मत दिएर जिताएपछी तीन वर्षमा मकवानपुरको विकास गर्न नसके राजीनामा दिने बताएका छन् ।

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर -११ माकार्यकर्ता परिचयत्मक कार्यक्रममा बोल्दै मैनालीले मकवानपुरमा तीन वर्षमा विकास नभए आफूले राजीनामा दिने बताएका छन । आफु स्वार्थका लागी राजनीतिमा नआएकाले यो पटक मत दिन उनले मतदातालाई आग्रह पनि गरे ।

कार्यक्रममा राप्रपा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ का समानुपातिक उम्मेदवार राम बहादुर थोकर, राप्रपा मकवानपुरका जिल्ला सदस्य निर्धोज खड्का, विकास वोम्जन, पूर्णिमा लोप्चन, डबल तितुङ, खुशी कार्की, माया न्यौपाने लगायतको आतिथ्यता थियो ।

मैनाली देशमा राजासहितको हिन्दु राज्य स्थापना, संघीयता खारेजी, गाँजालाई बैधानिकतालगायतका एजेण्डासहित चुनावी अभियानमा छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट