Techie IT
Hetauda Khabar

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते, ७ जनाको अवस्था गम्भीर


रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सोमबार बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार सबै घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो।

अहिले घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याइएको छ। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट