Techie IT
Hetauda Khabar

चार देश सम्मिलित महिला टी–२० सिरिजमा जापानलाई हराउँदै तेस्रो बन्यो नेपाल


हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजको उपाधिका लागी आयोजक हङ्कङ र तान्जानिया विच खेल  हुदैछ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट