Techie IT
Hetauda Khabar

टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट


सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारी निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट लगिएको हो ।

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

सरकारको उक्त निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा आज पाँचवटा रिट पुगेको भए पनि दर्ता गर्ने कि नगर्ने भन्ने निर्णयमा भने अदालत पुगि सकेको छैन । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुने जानकारी सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले दिएका छन् ।

सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट