Techie IT
Hetauda Khabar

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य ओरालो लागेको छ । गत शुक्रबार धनतेरस पुजाका दिन उकालो लागेको सुन र चाँदीको मूल्य आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार प्रतितोला १ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको हो ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट