Techie IT
Hetauda Khabar

राष्ट्रपतिको युरोप भ्रमण स्थगित


राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम थियो।

त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने र मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने तय थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट