Techie IT
Hetauda Khabar

हेटौंडाबाट प्रदेश राजधानी सार्ने विषयमा एमालेले भन्यो : मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण


हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले आपत्ति जनाएको छ ।

एमाले संसदीय दलको बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।

एमालेले मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु हुन लागेको भन्दै जनतालाई सचेत हुन अनुरोध गरेको छ ।

मुख्यमन्त्री जम्कट्टेलले केही साता अघि एक कार्यक्रममा बागमती प्रदेशको नाम परिवर्तन गरेर नेवा–ताम्सालिङ राख्नुपर्ने र प्रदेशको राजधानी हेटौंडाबाट सार्नुपर्ने अभिव्यक्ति थिए ।

दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा ललितपुरमा बसेको बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामाकरण लगायतका ऐतिहासिक विषयहरुमा टुंगो लगाइसकेकोमा त्यसका विरुद्ध मुख्यमन्त्री जम्कट्टेलले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको हो ।

विसं २०७६ पुस २७ गते बसेको प्रदेश सभा बैठकले तत्कालिन प्रदेश तीनको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव दुई तिहाई बढी मतले पास गरेको थियो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट