Techie IT
Hetauda Khabar

हेटौंडामा डाक्टर कुट्नेलाई पक्राउ गरी कारबाही नगरे स्वास्थ्यकर्मी संघले आन्दोलन गर्ने


हेटौँडामा चिकित्सकमाथि कुटपिट भएको विषयमा नेपाल स्वास्थ्यकर्मी संघले दोषीमाथि कारबाहीको माग गरेको छ । संघको जिल्ला कार्यसमिति मकवानपुरले बुधवार एक विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्नुपर्ने बताएको छ ।

बुधबार हेटौंडाको सन्चो हस्पिटलका डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको हातपातको घटनामा संलग्न दोषीलाई पक्राउ गरी हदैसम्मको कारवाही हुनुपर्ने भन्दै संघले विज्ञप्ति मार्फत स्वास्थ्यकर्मी र ओषधी व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,’बुधबार विहानीको उपचार गरिरहेको क्रममा डा. विकास थापा र डा. प्रशान्त विडारीमाधि एक अज्ञात समूहबाट भएको सांघातीक हमलाको यस संस्था घोर भर्त्सना गर्दछ । हेटोंडाले स्वास्थ्य क्षेत्रमा क्रमिक फड़को मारिरहँदा भएको यस किसिमको गतिविधिले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पुन्याउँछ । तसर्थ स्वास्थ्य जस्तो आकस्मिक र संवेदनशिल क्षेत्रमा भरको यस घटनामा संलग्न हरुलाई पक्राउ गरी हदैसम्मको कारवाहीको माग गर्दछाँ । स्वास्थ्यकर्मी र ओषधी व्यवसायीको सुरक्षाको ग्यारेन्टी नभएको खण्डमा हामी आन्दोलनमा समेत उत्रने चेतावती  दिन चाहन्छौं ‘।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट