Techie IT
Hetauda Khabar

मनहरी गाउँपालिकाको मनलाग्दी, नियमविपरित र महङ्गोमा पाडी खरिद

दुधेपाडीको दाम २५ हजार


मकवानपुरको मनहरी गाउँपालिकाले नियम विपरित पाडी खरिद गरेको पाइएको छ

विपन्न किसानलाई अनुदान दिने नाममा सार्वजनिक खरिद ऐन विपरित पालिकाले महँगो मूल्यमा कोटेसनमार्फत सोझै पाडी खरिद गरेपछी अनियमितताको आशंका गरिएको छ ।

यसअघिको महालेखाको प्रतिवेदनमा मनहरी गाउँपालिकाले दर्जन बढी नियाँ विपरितका काम गरेको भन्दै प्रश्न उठाएको थियो । आफ्नो क्षेत्राधिकार र नियमानुसार मात्र गर्न महालेखाले पालिकालाई सुझावसमेत दिएको थियो । तर पालिकाले नियम विपरित मनलाग्दी ढंगले सरकारी रकमको दुरुपयोग गर्ने गरेको छ भने आर्थिक अनियमितता भएको भन्दै चर्को आलोचनासमेत भैरहेको छ ।

आवश्यक कानुनहरु तर्जुमा नगरेको, तर्जुमा भएका कानुनहरु राजपत्रमा प्रकाशन नगरेको, आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आय न्यून रहेको, बकयौता असुलीमा प्रभावकारिता नआएको, बजेट अनुशासन कमजोर रहेको, खर्च पश्चात बजेट तथा कार्यक्रम संशोधन गरेको, बढी खर्च गरेको, खरिद कानुन विपरीत सोझै खरिद गरेको, प्रशासनिक खर्च बढ़दे गएको, अनुत्पादक तथा वितरणमुखी खर्च गरेको लगायतका कुरामा पालिकामाथि महालेखाले गतवर्षनै प्रश्न उठाएको थियो  । तर पालिका त्यसको सुधारमा भन्दा अनियमिता र गैर-कानुनि कार्य तर्फ नै उद्दत देखिएको छ ।

यसैबीच गत आर्थिक वर्षको अन्त्यमा पालिकाले २० लाखमाथिको पाडी खरिद गरेको छ । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरित पालिकाले टेण्डरबिनै एकै प्रकृतिको ३ पटक गरी कोटेशन मार्फत पाडी किनेको हो ।

पालिकाको गत असार ८ गतेको निर्णयले विपन्न परिवारलाई भन्दै ८३ वटा पाडी वितरण गर्ने निर्णय गरको थियो । जस अन्तर्गत वडा नम्बर १ र ४ का ८३ घर परिवारलाई पाडी वितरणका लागी एकै प्रकृतिका २ वटा कोटेसन आह्वान गरीएकोे थियो ।

पालिकाले एउटा पाडीको २३ हजार ५ सयका दरले मनहरीकै वडा नम्बर ९ स्थित ज्यामीरेको विमला कृषि केन्द्र प्रा.लि सँग ९ लाख ६३ हजार ५ सयमा ४१ वटा र चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेडसँग ९ लाख ८७ हजारमा ४२ गरी ८३ वटा पाडी खरिद गरको हो ।

बिल :-

पालिकाको कोटेशन अनुसार ४० देखि ६० किलो तौल सम्मको पाडी भनिएता पनि निकै साना-साना पाडी बाढीएका छन् अर्को तर्फ नश्ल प्रमाणित तथा कुनै परिक्षण र अनुगमन बिनै साना-साना पाडी किसानलाई दिइएको छ ।

पाडी दिएपछी सम्बन्धित वडाले किसान संग ३ हजार ५ सय ४० का दरले रकम उठाएको समेत बुझिएको छ ।

त्यस्तै जेठ १७ गते पालिका क्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेका बनकरीया समुदायको आयआर्जन तथा जिविकोपार्जन सहयोग गर्ने उदेश्यले वडा नम्बर ४ मा बसोबास गर्ने १० वनकारीया परिवारलाई समेत पाडी वितरण गर्ने निर्णय गरेको थियो । पालिकाले २५ हजारका दरले पाडी खरिद गरेको बुझिएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट