Techie IT
Hetauda Khabar

चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ जना घाइते


बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिर नजिक तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ६ भारतीय नागरिक र एकजना नेपाली नागरिकको मृत्यु भएको छ भने बसमा सवार १७ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बिहिबार बिहान दुर्घटना भएको हो । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । बसको चालक र सहचालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट