Techie IT
Hetauda Khabar

हेटौंडा अस्पतालमा आजदेखी जनरल बेड निशुल्क


हेटौंडा अस्पतालमा आजदेखि जनरल बेड निशुल्क भएको छ । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आजदेखी आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरु बिरामीले निशुल्क प्रयोग गर्न पाउने निर्णय गरेसंगै हेटौंडा अस्पतालमा पनि यो सुबिधा उपलब्ध भएको हो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरेको थियो ।

अब हेटौंडा अस्पताल आएका बिरामीले जनरल बेड शुल्क नतिरी निशुल्क बस्न पाउनेछन् । यसअघि अस्पतालले एकदिनको एकसय पचास रुपैयाँ लिदै आएको थियो ।

हेटौंडा अस्पतालमा हाल एकसय जनरल बेडहरु रहेका र प्रदेश सरकारको परिपत्र अनुसार आजदेखी ती बेड निशुल्क गरिएको अस्पताल ब्यवस्थापन तथा सन्चालक समिती सदस्य उत्सव चौलागाईंले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट